Frequently Asked Questions

Common questions and answers about Sanatan Basti.

सनातन बस्ती के हो? What is Sanatan Basti?

सनातन बस्ती मानव, प्रकृति र चेतनाबीच पुनः संगत स्थापना गर्ने जीवनदर्शनमा आधारित एउटा आवासीय परियोजना हो। यसले सरल, शुद्ध, आत्मनिर्भर र साधनामय समाज निर्माण गर्ने लक्ष्य राख्दछ। Sanatan Basti is a residential project based on the philosophy of re-establishing the connection between humans, nature, and consciousness. It aims to build a simple, pure, self-reliant, and practice-oriented society.

बस्तीमा को सहभागी हुन सक्छ? Who can participate?

साधक, योग अभ्यासकर्ता, समाजसेवी, प्रकृतिप्रेमी, शिक्षक, कृषक, र सनातन मूल्यमान्यतामा विश्वास भएका व्यक्तिहरू सहभागी हुन सक्छन्। Seekers, yoga practitioners, social workers, nature lovers, teachers, farmers, and individuals who believe in Sanatan values are all welcome to participate.

कुटी कस्तो हुन्छ? What are the cottages like?

कुटीको छानो ढुङ्गाले छाइन्छ, गाह्रो काँचो ईट्टा, माटो र चुनाबाट बनाइन्छ। मुख्य कोठा करिब १४x१४ फिट हुन्छ, भित्र स्नानघर सहितको शौचालय र २ खाट राखिन्छ। Cottages are roofed with stone, walls made from raw brick, mud, and lime. The main room is approx 14x14 feet, with an attached bathroom/toilet and space for 2 beds inside.

लागत कति हो? How much does it cost?

प्रारम्भिक अनुमानित लागत करिब रु. १७ करोड छ। कुटी निर्माणमा सहभागी हुन इच्छुकहरूको नाम दर्ता सुरु गरिनेछ र प्रारम्भिक बैना रकम जम्मा गर्नुपर्नेछ। The initial estimated project cost is about Rs. 17 Crores. Registration for cottage construction will begin, and an initial booking amount must be deposited during registration.

बस्ती कहाँ छ? Where is the settlement located?

पहिलो चरणको सनातन बस्ती परियोजना ललितपुर जिल्ला, महालक्ष्मी नगरपालिका-८, महन्तगाउँ क्षेत्रमा सञ्चालन गरिने प्रस्ताव रहेको छ। करिब ५ रोपनी (८० आना) क्षेत्रफलमा बस्ती विकास गरिने योजना छ। Phase one is proposed in Lalitpur District, Mahalaxmi Municipality-8, Mahantagaun area. The initial development covers about 5 Ropani (80 Aana) of land.

कुनै नियम वा प्रतिबन्ध छ? Are there any rules or restrictions?

छ। मदिरा, लागूपदार्थ र हिंसा पूर्ण निषेध छ। शुद्ध, सरल र सन्तुलित जीवनशैली अनिवार्य छ। श्रम, सेवा र सामूहिक उत्तरदायित्व पनि अनिवार्य छ। Yes. Alcohol, drugs, and violence are strictly prohibited. A pure, simple, and balanced lifestyle is mandatory. Labor, service, and collective responsibility are also required.

के सुविधाहरू उपलब्ध हुन्छन्? What facilities are available?

योग शिविर, गुरुकुल, पुस्तकालय, औषधालय, जैविक खेती, गौशालय, यज्ञालय, सामूहिक भान्साघर, र आयुर्वेदिक उपचार जस्ता सुविधाहरू उपलब्ध हुनेछन्। Yoga camp, Gurukul, library, clinic, organic farming area, Goshala, Yajna site, communal kitchen, and Ayurvedic treatments will be available.

कसरी सम्पर्क गर्ने? How do I get in touch?

फोन: ९८५१०२५८४७, ९८५१०१२७५०, ९८४८१४५५१४, ९८६०१३४२३४ ईमेल: sangatashram@gmail.com Phone: 9851025847, 9851012750, 9848145514, 9860134234 Email: sangatashram@gmail.com